Sajhakura Dainik - सार्वजनिक शिक्षा सबलीकरण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

सार्वजनिक शिक्षा सबलीकरण


हाम्रो कुरा 43 पटक पढिएको


‘हामी सबैको प्रण ः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ आज भदौ २२ गते शिÔा दिवस मनाइँदैछ ।

 शिक्षा दिवसको अवसरमा संघीय शिक्षा मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय तहको शिक्षा विकास शाखालगायत विद्यालय, कलेज, गैरसरकारी संस्थाहरुले देशब्यापी विभिन्न कार्यक्रम गरिरहेका छन् । तत्कालीन राजा वीरेन्द्रले आफ्नो राज्याभिषेक भएको दिन २०३२ साल फागुन १२ गतेबाट सोही मितिमा शिक्षा दिवस मनाउने परम्परा बसालेको भए पनि देश गणतन्त्रमा प्रवेश गरेपश्चात् सेप्टेम्बर ८ मा मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन नै राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको छ । शिक्षा दिवस मनाउने क्रममा वर्षेनि एक थान आकर्षक र सान्दर्भिक नारा सार्वजनिक गरिन्छ । यस्ता नाराले महत्वपूर्ण सन्देश बोक्ने गरेको भए पनि सोअनुरुप काम भने हुन सकेको देखिँदैन, जसले शिक्षा दिवसलाई औपचारिकतामा सिमिति गरिरहेको छ भने देशको सार्वजनिक शिक्षा प्रणालीमा आशातीत सुधार हुन सकेको छैन । हाम्रो सार्वजनिक शिक्षामा व्यापक सुधारको खाँचो छ । यसको लागि समग्र शिक्षा प्रणालीकै सबलीकरण आवश्यक महसुस गरेरै होला यस वर्षको नारा तय भएको छ । विगतका वर्षहरुमा झैं यस वर्षको नाराले पनि सान्दर्भिक विÈयलाई नै उजागर गरेको छ । सार्वजनिक शिक्षालाई सबल नबनाउँदासम्म मुलुकको शिक्षा प्रणालीमा सुधार सम्भव छैन । शिक्षा प्रणालीको सुधारबिना शिक्षाको सार्थकता रहँदैन । देशको नागरिकको स्तर त्यस देशको शिÔा प्रणालीमा निर्भर रहन्छ । त्यसैले शिÔालाई देश निर्माणको आधार पनि भन्ने गरिन्छ । हाम्रो शिक्षा प्रणाली व्यवहारिक र वैज्ञानिक छैन । निजी र सार्वजनिक क्षेत्रको शिक्षामा ठूलो अन्तर रहेको भ्रम चिर्न सकिएको छैन । निजीको तुलनामा कतिपय सार्वजनिक शैक्षिक संस्थाको कमजोर नतिजाकै कारण सार्वजनिक शिक्षाप्रति आम नागरिकको विकर्षण बढ्दै गएको छ । निजी तथा सार्वजनिक दुबै शिक्षा प्रणालीले शिÔित बेरोजगार बढाउने काममात्र गरेको छ । आफ्नै भूमिमा श्रम गरेर खाने ज्ञान तथा सीप सिकाउन असफल भएको छ । स्वरोजगारमूलक काममा भन्दा सानै पदमै भए पनि जागिरको मोह आम शिक्षित वर्गमा देखिन्छ । यसो हुनुमा मुलुकको शिक्षा प्रणालीको असफलता मुख्य कारण मान्नुपर्छ ।  व्यवहारिक सार्वजनिक शिÔा प्रणाली अहिलेको महत्वपूर्ण सवाल हो । सार्वजनिक शिÔा प्रणालीको सबलीकरणबिना देशको समग्र शिक्षाको स्तर माथि उठ्न सक्दैन । हाम्रो मुलुक गरिब हुनु र लाखौं युवाहरु विदेशिनुमा राजनीतिको साथै शिÔा प्रणालीको पनि उत्तिकै दोष देखिन्छ । सामुदायिक र निजी गरी दोहोरा शिक्षा प्रणालीले विद्यालय शिक्षालाई विभेदपूर्ण बनाइदिएको छ भने शिक्षामा थप जटिलता सृजना गरेको छ । घोक्ने र घोकाउने परम्पराले परीक्षामा सफलता पाएको देखिए पनि जीवनोपयोगी शिक्षाको अभावमा विद्यार्थीको सक्षमता निकै कमजोर बनेको छ । संघीयताको मूल्य र मान्यता                  अनुकूलको सबल शिक्षा प्रणाली विकास गर्दै देशको माटो सुहाउ“दो र आवश्यकताअनुसारको सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नेतर्फ सबै तहको सरकारको ध्यान जानु आवश्यक छ ।






कमेन्टसहरु




2639722 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top