हेटौंडा/ २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मंगलबार हेटौंडामा ¥याली निकालिएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा अपाङ् महासंघ प्रदेश नम्बर ३ कमिटीको सहकार्यमा हेटौंडाको अपाङ्ग महासंघको कार्यालयबाट ¥याली निकालिएको हो ।

¥यालीले बजार परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अपाङ्ता भएकाहरुको क्षेत्रमा काम गर्न तीनै तहका सरकार लागिपरेको बताए । उनले प्रदेश सरकारले सडक मानव मुक्त अभियान पनि उत्तिकै जोड तोडका साथ उठाएको बताउँदै अपाङ्गता भएकाहरुको अधिकार प्राप्तिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री दुलालले लक्षित वर्गक लागि छुट्याइएको बजेटमा केही रकम अपाङ्गता भएकाहरुको क्षेत्रमा समेत विनियोजन गरिएको र त्यसलाई योजनाबद्ध ढंगबाट नतिजा प्राप्त हुने गरी खर्च गरिने प्रतिबद्धता समेत जनाएका थिए । दिगो विकासको लक्ष अपाङ्गमैत्री भविष्य भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालय महिला तथा वालवालिका महाशाखाका प्रमुख इन्दिरा ओझा, महाशाखाका आठौं तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महासंघका प्रदेश अध्यक्ष अश्विन लम्साल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गता भएकाहरु, यस क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान एवम् मायाको चिनो समेत प्रदान गरिएको थियो ।