हेटौंडा/बागमती प्रदेशमा ५१ वटा आधारभूत अस्पताल निर्माण गरिने भएको छ । संघीय सरकारले सात वटै प्रदेशमा एकै पटक ३ सय ९६ आधारभूत अस्पताल बनाउने योजनाअन्तर्गत बागमतीमा पनि ५१ वटा अस्पताल निर्माण गरिने भएको हो । जस अन्तर्गत ५ शøयाको ८, १० शøयाको २० र १५ शøयाको २३ वटा अस्पताल निर्माण गरिने छ ।
सरकारले ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुसार सोमबार बागमतीमा ५१ वटा अस्पताल एकै दिन शिलान्यास गरिएको छ । बागमतीका १३ जिल्लामा निर्माण गरिने अस्पतालका लागि ५ अर्ब ९६ करोड ५५ लाख ३४ हजार लागत अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दोलखामा ७९ करोड २७ लाख ७८ हजार लागतमा ७ वटा, रामेछापमा ५७ करोड ८० लाख ३६ हजार लागतमा ४ वटा, सिन्धुलीमा ६५ करोड ३ लाख ८२ हजार लागतमा ४ वटा, काभ्रेमा ६१ करोड ४० लाख २६ हजार लागतमा ५ वटा र सिन्धु– पाल्चोकमा ५५ करोड १७ लाख ३४ हजारमा ५ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना छ ।
यसैगरी रसुवामा ३२ करोड ३० लाख ७८ हजारमा ३ वटा, नुवाकोटमा ६१ करोड ४० लाख २६ हजारमा ६ वटा, धादिङमा ७२ करोड १५ लाख ८० हजारमा ५ वटा, चितवनमा २८ करोड ९० लाख १८ हजारमा २ वटा, मकवानपुरमा ६४ करोड ९२ लाख ३४ हजार, भक्तपुरमा १८ करोड ६ लाख ८२ हजारमा १ वटा, ललित– पुरमा २८ करोड ९० लाख १८ हजारमा २ वटा र काठमाडौंमा ३६ करोड १३ लाख ६४ हजारमा २ वटा आधारभूत अस्पताल निर्माण गरिने मन्त्रालयले जनाएको छ ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा १५, इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीमा ५, कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकीमा १०, राक्सिराङ गाउँपालिकाको खैराङ स्वास्थ्य चौकीमा १० र मनहरी गाउँपालिकाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शøयाको आधारभूत अस्पताल निर्माण गरिने मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
निर्माणका लागि ग्रामीण क्षेत्र जहाँ स्वास्थ्य चौकी, उपचौकी र केन्द्र भएपनि हालसम्म सरकारी अस्पताल संचालन नभएको स्थानीय तहमा लगानी गरिने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले बताए । उनले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको दाबी गरे । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिने लागेको उनले बताए ।
संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार ३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिने छ । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछ । सबै स्थानीय तहलाई सोमबार नै भवनको शिलान्यास गर्न ताकेता गरिएको प्रवक्ता अधिकारीले बताए। आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । ‘पाँच शøयाको अस्पतालमा एक जना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शøयाको अस्पतालमा दुई जना मेडिकल अफिसरसहित १७ जना र १५ शøयाको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । गत कात्तिक २८ मा नै जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । तर, कतिपय स्थानीय तहले अझै जग्गा प्राप्ति गर्न सकेका छैनन् ।