हेटौंडा/हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी गाउ“पालिकाको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
मंगलबार राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना. ८ ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन् ।
मंगलबार राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीन घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइते तीनै जना मजदुर हुन् ।
भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा.३ ख ६९२७ नम्बरको टिपर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरू घाइते भएको प्रवक्ता
रानाले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी घाइते भएकामध्ये हेटौंडाका मोक्तान गम्भीर घाइते भएका छन् । उनीहरू सबै जनाको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात हेटौंडा–११, थाना– भ¥याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।