हेटौंडा/मकवानपुरगढी गाउँपालिका–७ स्थित सुकौरा स्वास्थ्य चौकीलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।मकवानपुरगढी गाउँ– पालिका–७ का वडाध्यक्ष एवम् स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रुम्बाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमबीच स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
नेता बानियाँको विशेष पहलसहित आर्थिक सहयोग तथा शिवम् सिमेण्ट, बानियाँ निर्माण सेवा, ओमसाई कन्ट्रक्सन, मोतिदान कन्ट्रक्सन र मोडन इन्फ्राइस्टक्चरको आर्थिक सहयोगमा एम्बेलुन्स खरिद गरिएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी–८ का वडाध्यक्ष कुमारसिं घिसिङ, शिवम सिमेण्टका प्रमुख कार्यकारी देवेन्द्र सिंहा, स्वास्थ्यचौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकासका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ ‘क’का संघीय सभापति यतिराज सापकोटा, कांग्रेस हेटौंडा उपमहानगरसभापति आनन्दराम पराजुली, आकाश गोलेलगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।