हेटौंडा/ वाग्मती प्रदेशसभाको बैठक आव्हान गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण अनिश्चित बनेको प्रदेशसभाको बैठक मुख्यमन्त्रीको पद सुरक्षित हुने निश्चित भएपश्चात् डाकिएको हो ।
प्रदेशसभा सचिवालयले पटक÷पटक सूचना टाँसेर स्थगित गरिरहेको प्रदेशसभाको बैठक चैत २४ गते मंगलबारका लागि आव्हान गरिएको हो । सचिवालयले शुक्रबार सूचना जारी गर्दै उक्त दिन दिउँसो १ बजेका लागि बैठक आव्हान गरेको जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठले अबको बैठकबाट मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टुंग्याइने बताका छन् । उनले प्रदेशसभा नियमावली अनुसार अविश्वासको प्रस्ताव टुंग्याइने दावी गरे । सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् । यो सँगै मुख्यमन्त्रीको पद जोगिने निश्चित । यसअघि सभामुख श्रेष्ठले सत्तापक्षको समर्थन गरेर बैठक नराखेको आरोप विपक्षीहरुले लगाउने गरेका थिए ।
सांसदहरुले हस्ताक्षर फिर्ता लिइसकेको र यस विषयलाई सदनमा जानकारी गराइने तयारीमा प्रदेसशभा रहेको छ । सचिवालयका अनुसार एमालेका २२ र माओवादीको २३ जना सांसदहरुले निवेदन नै दर्ता गराएर अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइसकेका छन् । अविश्वासको प्रस्ताव र प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिकोे आगाामी बैठकमा छलफल गरिन सभामुख श्रेष्ठले जानकारी दिए । अधिवेशन अन्त्य सरकारले गर्ने भएपनि बजेट अधिवेशनलाई पनि मध्यनजर गर्नुपर्ने अवस्था रहेको बताउँदै सभामुख श्रेष्ठले कार्य व्यवस्थाको बैठक चैत २४ गते विहान ११ बजेका लागि आव्हान गरिएको बताए ।
प्रदेशसभा सचिवालयका अनुसार सभामुख श्रेष्ठले सर्वदलिय छलफलपश्चात् बैठक आव्हान गरेका हुन् । बैठकका कार्यसूची भने अझै तय भएको छैन । ‘प्रक्रियागतरुपमा अविश्वासको प्रस्ताव टुंगिएपश्चात् मुख्यमन्त्री पौडेललाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुल्नेछ ।’, प्रदेशसभा सचिवालय स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले बजेट अधिवेशन अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्ने मनस्थिति सभामुखसूगको छलफलको क्रममा देखाएका छन् ।
अविश्वासको प्रस्ता दर्ता भएपश्चात् प्रदेशसभाको बैठक राख्नका लागि सभामुखले प्रयास गरेपनि मुख्यमन्त्री पौडेल समूहले असहमति जनाउूदा बैठक बस्न सकेको थिएन । अविश्वासको प्रस्ताव दर्ता गराउने तत्कालिन दाहाल–नेपाल समूह र अन्य दलहरुले सभामुखलाई बैठक
राख्नका लागि यसवीचमा पटक÷पटक आग्रह गरेपछि प्रदेशसभाको बैठक पेचिलो बनिरहेको थियो । यसअघि गतमाघ १९ र फागुन ५ गतेका
लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए । प्रदेशसभा सचिवालयमा दर्ता भएको एक महिनापश्चात् माघ ९ गते प्रदेशसभामा औपचारिकरुपमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । यसवीचमा प्रदेशसको बैठक बोलाउन माग राख्दै प्रदेशसभा सचिवालयमा तत्कालिन नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुले नाराबाजी समेत गरेका थिए ।