हेटौंडा/भीमफेदी गाउँपालिका–२ भैंसेमा बस्ती बचाउ अभियान अन्तर्गत बाढी पहिरोबाट बस्ती बचाउन ग्याबिन जाली निर्माण गरिएको छ । च्यालाखोला बाध निर्माण तथा संरक्षण उपभोक्ता समिति भैंसेले ग्याबिन जाली निर्माण गरेको हो । गाउँपालिकाको करिब ३ लाख लागतमा २ महिनाअघि बाँधको निर्माण गरिएको समितिका अध्यक्ष हरि लामाले बताए । उनका अनुसार जालीको उचाई २ मिटर रहेको र चौडाई १ मिटर तथा ८२ घनमिटर रहेको छ । उक्त कामको अवलोकन गाउँपालिकाको अनुगमन टोलीले गरेको थियो ।
त्यस्तै भैंसेको बजार चोकमा पनि बस्ती बचाउ अभियानको लागि भैंसे चोक वाल निर्माण उपभोक्ता समितिले ४० घनमिटरको बाल ढलको दायाँबायाँ र माथिपट्टी निर्माण गरेको छ । गाउँपालिकाको करिब २ लाख लागतमा निर्माण गरिएको हो ।