हेटौंडा/हालकै अनुपातमा कोरोना भाइरसको संक्रमित बढेको खण्डमा मकवानपुरलाई पूर्ण रुपमा लकडाउन गर्ने तयारीमा जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र संयोजक भरतमणि पाण्डेले जिल्लामा दैनिकरुपमा कोरोना भाइरसको संक्रमित बढिरहेको र यसको चेनब्रेक गर्नका लागि भएपनि लकडाउन गर्न जरुरी रहेको औंल्याए ।
‘कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहेको छ । हामीले स्वास्थ्यकर्मीस“ग परामर्श गरेर सोही अनुसार सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छौं । हाल मकवानपुरमा आंशिकरुपमा बन्द भइसकेको छ ।’, प्रजिअ पाण्डेले कोरोनालाई नियन्त्रणका लागि सवै नागरिकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम गर्न जरुरी रहेको औंल्याए ।
उनले संघीय सरकारले कोरोनाको सक्रिय संक्रमित पा“चसय जना नाघेपश्चात् निषेधाज्ञा लगाउने अधिकार रहेको र सोही अनुसार गर्ने वा लकडाउनमै जाने विषयमा सरोकारवाला पक्षस“ग छलफल गरिने बताए । उनले हेटौंडा प्रदेशको राजधानी पनि भएको,
तराईको जिल्लाबाट आउनेको संख्या बढिरहेको र छिमेकी जिल्लामा पनि कोरोना संक्रमित बढेको अवस्थामा सवै सचेत हुन जरुरी रहेको औंल्याए ।
‘जिल्लाको सवै स्थानीय तहमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । हेटौंडा अस्पतालमा कोरोना संक्रमितका लागि उपचार कक्ष समेत निर्माण भइसकेका छन् । हामीले अक्सिजन नपाएकै कारण कसैको मृत्यु नहोस् भनेर सोही अनुसार काम पनि गरेका छौं ।’, उनले थपे ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सेवाग्राहीको भीडभाड हुने सेवा कार्यालयका काम बन्द गरेको छ भने सैलुन, ब्यूटीपार्लर र मदिराका पसल पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गराइएको छ । विभिन्न पसलहरु हप्तामा तीन दिन पालैपालो मात्र खुल्ने गरी मकवानपुर उद्योग वाणिज्य संघले तालिका बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सेवाग्राहीको अत्याधिक भीड हु“दा कोरोना संक्रमण रोक्न सकस पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा, यातायात व्यवस्था सेवा कार्यालय, मालोपात र नापी कार्यालय बन्द गरेको छ । कार्यालय बन्द भएपनि आन्तरिक कार्य भने गरिने जानकारी प्रशासनले दिएको छ ।