हेटौंडा/मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल अब आठ बजेसम्म मात्र खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी अत्यावश्यक उपभोग्य बस्तु बिक्री गर्ने पसल आठ बजेसम्म मात्रै खुल्ने जनाएको हो ।
सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीबितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने जनाइएको छ । यस अघि यी पसल बिहान ९ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको थियो ।