हेटौंडा/मकवानपुरमा कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्दै गएपछि हेटौंडाका विभिन्न वडा कार्यालयहरुले वडाबासीहरुका लागि घरदैलो सेवा सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडासहित ४ स्थानीयमा निषेधाज्ञा जारी
गरेपछि वडाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाड्डता भएकाहरुको गत चौमासिकमा प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता जन– प्रतिनिधिहरुले घरघरमै पुगेर प्रदान गर्न थालेका छन् ।
निषेधाज्ञाको समयमा बैंकहरु पनि नियमित नखुल्ने, भिडभाड कम गरी संक्रमण हुन नदिनका लागि वडाले टोल विकास संस्थाहरुस“ग समन्वय गरी सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउन थालेको हो । हेटौंडा ९ नम्बर वडा कार्यालयले सूचना नै जारी गरेर सामाजिक सुरक्षा भत्ता निकाल्न पर्ने वडाबासीहरुले आफ्नो खाताको चेकमा हस्ताक्षर गरेर रकम उल्लेख गरी टोल विकास संस्थामा प्रदान गर्न तथा टोल विकास संस्थाले संकलन गरेर वडामा प्रदान गर्न जानकारी गराएको छ ।
यसैगरी, हेटौंडा–८ मा पनि सामाजिक सुरक्षा भत्ता टोल विकास संस्थाको समन्वयमा वितरण गर्न सुरु गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले सबैको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा भएपनि बैंकबाट भुक्तानी नहुने जानकारी गराएको थियो ।
तर, यस्तो अवस्थामा वडाबासीहरुलाई पैसाको आवश्यकता पर्नसक्ने भएकाले चेक संकलन गरी एकैपटक सबैको भत्ता घरघरमै पुगेर प्रदान गर्ने निर्णय गरिएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए ।