हेटौंडा/शिवम् सिमेन्टले उद्योगसँग भएको ४२ थान ठुलो अक्सिजन सिलिन्डर फिर्ता गरेकोे छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शिवम् सिमेन्टले उद्योगसँग भएको ४२ थान अक्सिजन सिलिन्डर फिर्ता गरेको प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले बताए । यसैगरी, जिल्लामा रहेका सबै उद्योगहरुसँग भएको अक्सिजन सिलिन्डर फिर्ता गर्न प्रशासनले आग्रह गरेको छ ।
अहिले उद्योगसँग भएको सिलिन्डरको विवरण संकलन भइरहेको उनले बताए । उद्योग संघ मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अक्सिजन लगत्त संकलन गरिरहेको छ । अब उद्योग संघले मकवानपुरले उद्योगहरुबाट संकलित सिलिन्डरहरु भरेर एकिकृत अक्सिजन बैंक संचालनमा ल्याउनेछ । यसैबिच शिवम् सिमेन्टले दिएको ४२ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पतालाई हस्तान्तरण गरिने भएको छ ।