हेटौंडा/मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउ“पालिका–१ बेलटारस्थित बेसी घाटमा बोलेरो जिप दुर्घटनाहु“दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।बेसीघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप अनियन्त्रित भइ सडकबाट १५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा सवारी चालक स्थानीय २५ वर्षीय दिपेन्द्र लो, १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरी–७ का १७ वर्षीय दोर्जे गोङ्वा रहेका छन् ।घाइतेको हेटौंडा–११, स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव
उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।