हेटौंडा/कोरोना संक्रमण पश्चात् होम आइसोलेसनमा बस्दै आएको थाहा नगरपालिका–५ का एजकनाको शनिबार मृत्यु भएको छ ।एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आए पछि ‘होम आइसोलेशन’मा बसेका थिए ।
उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल छाउनी उपचारका लागि पु¥याइएको थियो । उनको विहान ३ बजे मृत्यु भएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए ।
मृतकको दीर्घ रोग कुनै नभएको उनले बताए । मृतक निवृत्त नेपाली सेना हुन् । थाहामा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ भने ३ जना संक्रमणमुक्त भएका छन् । पा“च जनाको हेटौंडा र काठमाडौंमा उपचार भइरहेको छ ।