अक्सिजन सिलिण्डर सहयोगः मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी राजुकुमार न्यौपानेको समूहले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । संघका सदस्य नरेन्द्र भण्डारीका अनुसार ओम इन्टरप्राइजेजका संचालक दीलिस गोविन्द जोशीले उपलब्ध गराएको सिलिण्डरमा पर्साको परवानीपुरबाट अक्सिजन भरेर मंगलबार अस्पताललाई सहयोग गरिएको हो । न्यौपाने समूहले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रमेश प्रसाईंलाई हस्तान्तरण गरेका थिए । अस्पताललाई धेरैभन्दा धेरै अक्सिजन आवश्यक परेको अवस्थामा न्यौपाने प्यानलको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए । हस्तान्तरणमा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्षका उम्मेदवारद्वय उज्वल चौलागार्इं, प्रतिमा श्रेष्ठसहितको उपस्थिति रहेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी राजुकुमार न्यौपानेको समूहले हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । संघका सदस्य नरेन्द्र भण्डारीका अनुसार ओम इन्टरप्राइजेजका संचालक दीलिस गोविन्द जोशीले उपलब्ध गराएको सिलिण्डरमा पर्साको परवानीपुरबाट अक्सिजन भरेर मंगलबार अस्पताललाई सहयोग गरिएको हो ।
न्यौपाने समूहले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रमेश प्रसाईंलाई हस्तान्तरण गरेका थिए । अस्पताललाई धेरैभन्दा धेरै अक्सिजन आवश्यक परेको अवस्थामा न्यौपाने प्यानलको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए । हस्तान्तरणमा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्षका उम्मेदवारद्वय उज्वल चौलागार्इं, प्रतिमा श्रेष्ठसहितको उपस्थिति रहेको थियो ।